काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम बदली भइ देशका पहाडी केही स्थानमा हल्का चिसो कायमै रहेको छ ।
त्यस्तै, दिउँसो पनि बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रहि बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
साथै, राति पनि बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।