असोज ०६, २०८१, आइतबार
               

अब एसइई विद्यालयले लिन नपाउने

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयले लिन नपाउने भएका छन् । 

२६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः परीक्षा बोर्डले  नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालयले एसइई लिन नपाउने भएका हुन् ।
२०७६ चैतमा स्थगित एसइई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम पछिल्लो एसइई विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो  ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि