बैशाख २३, २०८१, आइतबार
               

संविधानमथि नांगो हस्तक्षेप भएको छ : भीमार्जुन आचार्य

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं ।संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा भएको नियुक्तिलाई संविधानवादमाथि नांगो हस्तक्षेपको संज्ञा दिएका छन् । 

संविधान निगरानी समूहद्वारा मंगलबार राजधानीमा आयोजित ‘वाक स्वतन्त्रता र संविधानवादउपर बढ्दो चुनौती र तिनको संरक्षणका लागि सम्भावित आयाम’ विषयक अन्तरक्रियामा बोल्दै आचार्यले सोको संज्ञा दिएका हुन् ।

गैरकानुनीरुपमा सिफारिस गरिएका व्यक्तिलाई संवैधानिक आयोग र निकायमा अनुमोदन गरिएको बताउँदै उनले सोलाई संविधानवादमाथि प्रहार भएको बताए । यसका अलवा उनले अन्तरक्रियामा आचार्यले वर्तमान सरकार संविधान च्यात्न उद्यत भएको टिप्पणी गरे। 

‘अदालतमा विचाराधीन विषयमा बोल्न पाउँदैन भनेर संसारको कुनै पनि आधुनिक शास्त्रले भन्दैन,’ सो क्रममा उनले भने, ‘संवैधानिक कानुनको विकास नै स्वस्थ बहस र छलफलबाट नै हुन्छ। राष्ट्रिय सरोकारका विषयमा जति पनि स्वस्थ बहस, छलफल हुनसक्छ।’

संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको तर्फबाट बहस गरेका संविधानविद् भीमार्जुन आचार्यले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको 'व' पनि उच्चारण गर्ने अधिकार  नदिएको बताएका थिए  । सो क्रममा उनले भनेका थिए, 'संविधानबमोजिम दुई किसिमले मात्रै संसद् विघटन हुने व्यवस्था छ । धारा ८५ को नियमित प्रक्रिया र धारा ७६ को उपधारा ७ अनुसार ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोविरुद्ध सर्वोच्चमा १३ रिट परेका थिए । जसको सुनुवाइ अहिले पनि जारी छ ।

यो पनि