बैशाख १७, २०८१, सोमबार
               

माघ ३० गते सार्वजनिक बिदा

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम  ल्होछारको अव सरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायत चाँडपर्वको बिदा कटौती गरेको थियो ।

तर, सरकारले पुन: पहिले बिदा दिएका दिनलाई सार्वजनिक बिदान दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायत हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । 
सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको अवसरमा  दिन बिदा दिन थालेको थियो ।   

ल्होछार मनाउने समूदायमा 'ल्हो' अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर ज स्ता पशुपपंक्षी र जीवजन्तुको नामबाट राखिएको हुन्छ । मुसाबाट सुरु हुने यी वर्ष जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

विशेषत: परम्परागत साँस्कृतिक महत्वका साथ ल्होछार मनाइन्छ । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदायलगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीले यो पर्व मनाउँछन् ।

यो पनि