जेठ ०५, २०८१, शनिबार
               

फुटुङको एक उद्योगमा भीषण आगलागी

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज राति काठमाडौंको तारकेश्वर नगरपालिका– ८ स्थित मनमैजु फुटुङको एक उद्योगमा भीषण आगलागी भएको छ । ​पानपराग उद्योगमा राति ​करिब साढे १ बजे सुरु भएको आगो अहिले बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल परिचालन गरिएको बालाजु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानपराग बनाउने कच्चा पदार्थ र ६ वटा मेसिन जलेर नष्ट भएको छ । उक्त घटनाबारे अनुसन्धान भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि