कात्तिक ३०, २०८१, शुक्रबार
               

जुम्ला आगलागी हुँदा एक हजार स्याउका बिरुवा नष्ट

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार वडामा करिब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएका छन् ।  स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष पे्रमबहादुर कठायतले बताए ।

उनले भने, ‘पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा नष्ट भएका छन् ।’ गाउँका चार जना किसानको बगैँचामै आगलागी भएको छ । 

सो बगैँचामा रहेको घाँस जलेर स्याउका बिरुवा काँटछाँट र व्यवस्थापन गरिएका स्याउका बिरुवा नष्ट भएको वडाध्यक्ष कठायतले बताए । स्याउका बिरुवासँगै बस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ । तरापी राँकाको मौसमी बस्ती हो । अहिले यहाँका किसान चिसो हिउँद कटाउन गाउँ झरेका छन् । अनेक कष्ट गरी हुर्काएर फल्न थालेका स्याउका बिरुवा आगोले खाएको र अहिलेसम्मको सबै मेहनत खेर गएको किसाल तुल धरालाले बताए । 
लेकमा चिसो बढेपछि गाउँ झरेका किसानको बगैँचा एकाएक आगोले सखाप पारेपछि यहाँका किसान चिन्तित भएका छन् ।

तीन घण्टा पानी बोकेर सिँचाइ गरी हुर्काएको बगैँचा नष्ट भएपछि आफूहरु चिन्तित भएको धरलाले दुखेसो पोखे । किसानले स्याउबाटै जीवन फेरिने आशा गरेका थिए । 

एक्कासी यति ठूलो विपत्ति आइलाग्यो अब राहतका लागि समन्वय गरिने गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको । आगलागीबारे अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ । 

आगलागी हुँदा नौ लाख क्षति

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा आज रु नौ लाख बराबरको क्षति भएको छ ।  रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो । 

आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे भने थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि