बैशाख २५, २०८१, मंगलबार
               

नेपाल फ्ल्यासकर्मी सम्मानित

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल फ्ल्यासकर्मी बाबुराम सिग्देल सम्मानित भएका छन् । नुवाकोटको विदुरमा भएको ‘नाट्यश्वर म्युजिक अवार्ड २०७६’ को कार्यक्रममा  गायन तथा संगीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट उत्कृष्ट भएकाहरुलाई म्युजिक अवार्ड वितरण गरिएको हो । आयोजकका अनुसार विभिन्न ४८ विधाका ६० जनालाई अवार्ड वितरण गरिएकाे हाे । 

२०७६ मै सम्पन्न हुनुपर्ने उक्त कार्यक्रम विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएकाले अहिले गरिएको कार्यक्रमका संयोजक किरण अधिकारीले जानकारी दिए ।

कलाकारिता र पत्रकारितामा योगदान दिँदै आएकाहरू उक्त संस्थाले वार्षिक रुपमा सम्मान गर्दै आएकाे छ । यस वर्ष पनि गायक, संगीतकार, गीतकार र पत्रकार आदीलाई सम्मान गरिएकाे आयोजकले जनाएकाे छ । सम्मानित नेपाल फ्ल्यासकर्मी सिग्देल एक दशकयता पत्रकारिमा क्रियाशिल छन् । उनले विशेष गरी कलाक्षेत्रमा कलम चलाउछन् । उनीसँगै अन्य ४ सञ्चारकर्मी पनि सम्मानित भएका छन् । 

त्यस्तै, कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नुवाकाेटकाे विदुर नगरपालिकामा भएकाे सम्मान कार्यक्रम संस्थाका अध्यक्ष प्रलाद केसीकाे अध्यक्षता तथा पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि