बैशाख २२, २०८१, शनिबार
               

माघ अन्त्यसम्म बहस सकिदिन प्रधानन्याधीशको आग्रह

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विपक्षीलाई पक्षलाई ३० माघभित्र बहस आफ्नो बहस सक्न आग्रह गरेका छन् । 
आइतबार संसद् विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीको बहस सुनुवाइ गर्ने क्रममा उनले सो आग्रह गरेका हुन् । 

आइतबार प्रधानमन्त्रीको प्रतिरक्षाका लागि अधिवक्ता रमेश बडालसँग प्रधानन्यायाधीश जबराले माघ ३० भित्र विपक्षीको तर्फबाट बहस सक्न आग्रह गरे ।

माघ १९ देखि हो, ३० गतेसम्म सबैको तर्फबाट सिध्याइदिन आग्रह गर्दै प्रधानन्यायाधीश जबराले  भने, ‘अब सहयोगी वरिष्ठ अधिवक्ता ज्यूहरुलाई पनि दिनुपर्‍यो, त्यसपछि हामीलाई पनि केही समय लाग्ला ।’सरकारी पक्षलाई समय नतोके पनि समय कम भएकाले निश्चित समय तोक्नुपरेको जबराको भनाइ थियो । 


कस्तो लाग्यो ?

यो पनि