बैतडी । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् ।
पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार छोरीलाई गोली हानेर उनी जंगलतिर भागेका थिए । विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।