असोज ०५, २०८१, शनिबार
               

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

 काठमाडौं । बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षिय गमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार श्रीमती ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय शिसुवा डाँडाबाट खटिएका टोलीले गमबहादुरलाई अनुसन्धानका लागि पोखरा–३३ लामगादीबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

बिहीबार समयमै खाना नबनाएको विषयमा झगडा भएपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको  प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि