जेठ ०५, २०८१, शनिबार
               

जापानी प्रधानमन्त्रीद्वारा क्षमा याचना

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले गत जुनमा ;'रू गरेको कोभिड सङ्क्रमण पत्ता लगाउने माध्यम (कन्ट्र्याक ट्रेसिंग एप) ‘कोकोआ’ मा रहेको प्राविधिक त्रुटी पत्ता लगाउन नसकेको भन्दै शुक्रबार सरकारको तर्फबाट क्षमा याचना गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले ‘ब्लुटुथ’ नामक ‘वायरलेस’ प्रविधिको सहयोगमा उक्त एपका माध्यमबाट १५ मिनेटसम्म एक मिटरको दूरीमा रहेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको वा नभएको सङ्केत सङ्कलन गर्ने बताइएको थियो ।

उक्त प्रविधिले एप प्रयोगकर्ताहरूले यदि उनीहरूसँग कुनै कोभिड सङ्क्रमित अर्को व्यक्ति सम्पर्कमा आएमा एपले कोरोनाभाइरस सङ्क्रमण नतिजा पुष्टि गर्ने बताइएको थियो । 

यद्यपि एपले गत सेप्टेम्बरदेखि संक्रमित व्यक्तिहरूको नजिकमा रहेका एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूलाई सूचित गर्न असफल भएको पुष्टि भएको छ ।

“मलाई साह्रै दुः ख लागेको छ । यस विषयमा राम्ररी हेर्नु मेरो जिम्मेवारी हो ताकि यस्तो फेरि कहिल्यै हुँदैन,” सुगाले जापानको संसदीय एक समितिमा भने । यद्यपि प्रधानमन्त्री सुगाले स्वास्थ्यमन्त्री नोरहिसा तामुरालाई अनुशासित हुनुपर्ने विपक्षी दलको आह्वानलाई खण्डन गरेका छन् । 

एपमा देखिएको प्राविधिक त्रुटीले डिजिटल टेक्नोलोजीलाई देशको विकास रणनीतिको फोकस बनाउने वाचा गरेका प्रधानमन्त्री सुगा र उनकाे नेतृत्वको सरकारलाई एक प्रकारको चोट पुर्‍याएको हो । महामारीलाई नियन्त्रण गर्ने सरकारी उपायहरूप्रति सार्वजनिक असन्तुष्टिको बीचमा यस असफलताले उनको ख्याति अनुमोदन मूल्याङ्कन सूचकाङ्क थप झरेको छ ।
 

यो पनि