जेठ ०५, २०८१, शनिबार
               

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

सिन्धुलीको हरिपुरगढी गाउपालिका–५ सिम्राख डाँडामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

मरिण गाउँपालिका–२ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुशल छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको मरिण गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 


कस्तो लाग्यो ?

यो पनि