जेठ ०५, २०८१, शनिबार
               

बलात्कार गरेको भनी झुटो बयान दिएर फसाउन खोज्ने किशोरी पुर्पक्षका लागि थुनामा

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सामूहिक बलात्कार गरेको झुटो बयान दिएर  फसाउन खोज्ने किशोरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

पुस २८ गते आफूलाई बलात्कार गरेको भनी ओखलढुंगाकी पीडित भनिएकी किशोरी, उनका नातेदार चिनीमाया नेपाली, कल्पना भुजुरलाई बलात्कारको झुटो बयान दिएर अरुलाई फसाउन खोजेको आरोपमा न्यायाधीश काजीबहादुर राईको इजलासले  पुर्पक्षका लागि तीन किशोरीलाई कारागार चलानका लागि आदेश दिएको हो । 

शुक्रबार ओखलढुंगाकी १७ वर्षीया किशोरीसहित तीनजनालाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। 
बलात्कारको नाटक गर्ने किशोरीको उमेर नपुगेकाले बालसुधार गृह पठाइएको छ ।

‘बलात्कार भएको भनिएकी किशोरीको उमेर नपुगेकोले बालसुधार गृह पठाउने आदेश भएको छ,’ उनले भने, ‘बलात्कार भएको भनेर झुटो बयान दिने अन्य दुईजनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।’

प्रहरीले केरकार गरेपछि ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको खुलेको थियो । जिल्लाको गरुडा नगरपालिका–२ घर भई काठमाडौं बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बसेका गजेन्द्र साह कानुले झुटो बलात्कारको योजना बनाई गरुडाकै रामनिवास साहलाई फसाउन यस्तो हर्कत गरेको खुलेको थियो । घटनाका मुख्य योजनाकार गजेन्द्र हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनायो ।


कस्तो लाग्यो ?

यो पनि