जेठ ०४, २०८१, शुक्रबार
               

आनीबानी बिग्रिएका कारण नेपालमा कृषि उपज आयात भएको हो : प्रधानमन्त्री

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको आनीबानी बिग्रिएकाले अनावश्यक कृषि उपज आयात भएको बताएका छन् । 

अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘हामीले कृषिमा आधुनिक प्रविधि भित्र्याएर उत्पादन र उत्पादकत्व बढाउनुपर्छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनुपर्छ । कृषि क्षेत्र हाम्रो जनसंख्यासँग व्यापक रुपमा जोडिएको छ कृषिको आधुनिकीकरण हुन पऱ्यो । कृषिमा आधुनिक प्रविधि प्रयोग गरी आत्मनिर्भर बनाउनका लागि उत्पादन र उत्पादकत्व बढाउन पऱ्यो,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘तब मात्र नेपाल कृषि उपजहरुको निर्यातक देश हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरुले स्वाङ पार्न थालेको बताउँदै उनले नेपालीलाई लालकिला भन्ने लामो सिता भएको चामल चाहिएको भन्दै प्रश्न गरे । ‘हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो इन्डिया गेट चाहियो, ’ उनले भने । 

नेपालीको अवस्थालाई पनि बदल्नुपर्ने बताउँदै उनले यस्ता चामलहरु हामीले खाद्यान्न नपुगेर नभई आनीबानी बिग्रेर आयात गरिरहेको बताए । 

‘हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौँ,’ उनले भने, ‘तर, आदत बिग्रिएकाले चामल आयात गरिरहेका छौँ । त्यो  पर्छ । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’

यो पनि