जेठ ०५, २०८१, शनिबार
               

वीरगञ्जमा श्रीमानले गरे श्रीमतीको हत्या

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  वीरगञ्जमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार लागुऔषध सेवन गरेर श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

भारत बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई पर्साको वीरगञ्ज महानगरपालिका–११ स्थित डेरा गरेर बस्ने असरफ मियाँले श्रीमती बारा जितपुर सिमरा घर भएकी २३ वर्षीया मनु थापा क्षेत्री थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

असरफ र मनु दुवै लागुऔषध सेवन गरेको बेलामा दुईबिच विवाद हुँदा असरफले मनुको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै डेरा कोठामा घाँटी कसेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।


कस्तो लाग्यो ?

यो पनि