जेठ ०५, २०८१, शनिबार
               

पैसा नभएको खाताको चेक दिएर २१ लाख ठगी गर्ने नर्बदा पक्राउ

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

भक्तपुर । चेक अनादार मुद्दामा दोषी ठहर एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–५ घर भइ हाल भक्तपुर सानोठिमि बस्ने ५१ वर्षीय नर्बदा उपाध्याय भण्डारी रहेकी छन् ।

भण्डारीबिरुद्द काठमाडौं जिल्ला अदालतबाट गत २०७६ साल माघ २४ गते २१ लाख रुपैयाँको चेक अनादर बिगो मुद्दामा २ वर्ष कैद सजाय फैसला भएकोमा उनी हालसम्म फरार थिइन् ।

खोजतलासका क्रममा प्रहरीले नर्बदालाई मध्यपुर ठिमिबाट नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यमक कारवाहीका लागि काठमाडौं जिल्ला अदालत पठाएइको प्रहरीले जनाएको छ । 

यो पनि