बैशाख २५, २०८१, मंगलबार
               

आमहड्ताल फिर्ता लिन प्रचण्ड-नेपाल समूहलाई आग्रह

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् । 

व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रचण्ड-माधव पक्षले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै भोलि (विहीबार) का लागि देशव्यापी आमहड्तालको घोषणा गरेका छन् । 

कोरोना महामारीका कारण लामो समय बन्द रहेको व्यापार व्यवसाय विस्तारै चलायमान हुन थालेको बेला यस्ता बन्द, हड्तालले झन् ठूलो असर गर्ने भन्दै व्यवसायीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरि कुनै पनि प्रकार को बन्द हड्ताल जुलूस सभा नगर्न दलहरूलाई आग्रह गरेका छन् ।

उनले नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनि गरेको प्रतिबद्धता समेत स्मरण गराए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा) को अध्यक्ष कृष्ण प्रसाद दुलाललगायतले पनि बन्द फिर्ता लिन आग्रह गरेका छन् ।

यो पनि