जेठ ०५, २०८१, शनिबार
               

बिहीबार निर्धक्कसाथ सार्वजनिक यातायात सञ्‍चालन गर्न गृह मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

बिहीबार निर्धक्क रुपमा सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय  सञ्‍चालन गर्न व्यवसायीहरूलाई  गृहमन्त्रालयले आग्रह गरेकाे छ । 

संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले भोलि आम हड्तालको घोषणापछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो ।

आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधमा संलग्नमाथि कारबाही गर्ने गृहको चेतावनी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि