जेठ ०५, २०८१, शनिबार
               

सिराहबाट एक बालक बेपत्ता

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

सिराह । सिराहाबाट एक बालक बेपत्ता भएका छन् ।

सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझबाट बेपत्ता भएका हुन् । 

प्रहरीका अनुसार उनी आफ्नै आँगनमा खेलिरहेको अवस्थाबाट हराएका हुन् । परिवारजनले भने बालक अपहरणमा परेको आशंका गरेका छन् । तर, प्रहरीले अपहरण नै हो भनी पुष्टि गर्न सकेको छैन । परिवारले जिल्ला प्रहरी कार्यालयमा बच्चा हराएको भनी खोजी गरिदिन भन्दै निवेदन दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि