जेठ ०५, २०८१, शनिबार
               

अख्तियारका कार्यबाहक प्रमुख आयुक्तले दिए राजीनामा

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् ।

कार्यबाहक प्रमुख जोशीले राजीनामा दिँदै सो सम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले जनाएको छ । 

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा दिएका हु्न् ।

यसअघि बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् ।

प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि