जेठ ०५, २०८१, शनिबार
               

बुधबारबाट ट्राफिक जरिवाना अनलाइनमार्फत् भुक्तानी

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।

मंगलबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन भएसँगै बुधबारबाट ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको हो ।अनलाइन प्रविधिबाट पैसा तिर्ने व्यवस्था भएसँगै जरिवाना तिर्नका लागि भौचर लिएर ट्राफिक कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । ट्राफिक जरिवाना इसेवाबाट भुक्तानी गर्नुपर्नेछ । 

सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाइदिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गर्ने बताइएको छ । ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमताअनुसार अन्य सेवा पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि