जेठ ०५, २०८१, शनिबार
               

१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

डोल्पाका एक समाजसेवीले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँडेका छन् । ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरेका हुन् । 

व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताए । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुढाले वितरण गरेका हुन् । 

दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको बुढाले बताए । घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उनको  भनाइ छ ।

त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए ।


कस्तो लाग्यो ?

यो पनि