जेठ ०५, २०८१, शनिबार
               

न्यू होराइजनकी सुम्निमाको जीपीए ४, नेपाल प्रथम भएको विद्यालयको दाबी

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जिपिए ४ अंक हासिल गरेकी छन् ।

सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए ।

जिपिए ४ अंक हासिल उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।

देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कुलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।

यो पनि