जेठ ०५, २०८१, शनिबार
               

नुवाकोटको ढुङ्गेमा बसको ठक्करबाट शसस्त्र प्रहरीको मृत्यु

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गएको छ ।

बिहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडाैंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसले ठक्कर दिएर घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि