बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम : चिसोसँगै हिमपात

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य बदली भइ केही स्थानमा चिसो र पहाडी भू–भागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी, राति पनिप्रदेश ७ र अन्य देशका पहाडी भू–भागमा आंशिक बदली रही चिसो हुनुका साथै बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

त्यस्तै, प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि