बैशाख २२, २०८१, शनिबार
               

बझाङमा ३.७ रेक्टर भूकम्पको धक्का

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३.७ रेक्टर स्केलको रहेको जनाइएको छ । 

यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए । उक्त भूकम्प ३.६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।  

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि