बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य बदली भइ केही स्थानमा चिसो र केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको बताइएको छ ।  

यसैगरी, राती पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम चिसो हुनुका साथै सामान्यतया सफा रहने छ भने प्रदेश १ र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि