बैशाख २२, २०८१, शनिबार
               

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीअनुसार रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

तीनजना सवार मोटरसाइकल अनियन्‍त्रित भई दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइते भएका धनगढी उपमहानगरपालिका-६ निवासी कृष्ण राना र मोटरसाइकल चालक कञ्‍चनपुर कृष्णपुर नगरपालिका- ७ का  मिलेन्द्रसिंह रानाको उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि