जेठ ०५, २०८१, शनिबार
               

कुर्सीको लडाइँका नागरिक निराश भए : गोविन्द केसी

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले संविधान हत्याको अधिकार कसैलाई पनि नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार काठमाडौंमा भएको एक विरोध सभालाई संबोधन गर्दै अभियान्ता डा.केसीले सो बताएका हुन् ।  ‘तीन करोड नेपालीले रगत र पसिना बगाएर ल्याएको संविधानको हत्या गर्ने अधिकार कसैलाई छैन,’ तानाशाहलाई सडकमा जनताले जानेको बताउँदै उनले भने, संविधानको हत्या गर्ने ती तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।’

संविधानको रक्षाका लागि आफू आन्दोलनमा उत्रिएको बताउँदै उनले आफूहरु कुनै पनि पार्टीको नभएको बताए । उनले भने, ‘हामी कुनै पार्टीको समर्थन र विरोधमा आएका होइनौँ । हामी सबै पार्टीका नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ भन्ने मान्यता राख्छौँ ।’ सो क्रममा अधिकांश पार्टीका नेताहरुले जनपक्षीय काम नगरेको बताउँदै उनले जनताले आफ्नो छाक काटेर तिरेको करबाट तलबभत्ता खाएका नेताहरुले  जनताको पक्षमा ऐन कानुन नबताएको आरोप लगाए । 

‘देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुईतिहाइ दिए पनि नेकपा र उसको नेतृत्वको सरकारले काम गर्न सकेन,’ उनले भने, ‘दुई तिहाईको सरकार भएपछि त देशले समृद्धिको बाटोतिर जान्छ होला जनताले सुख पाउलान् भन्ने लाग्याथ्यो तर दुई समूहबीचको कुर्सीको लडाइँले अहिले यस्तो समस्या आयो ।’

प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी नागरिक अधिकार खोस्ने काम गरेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि