जेठ ०५, २०८१, शनिबार
               

कोटेश्वरको सेकुवा कर्नरमा भीषण आगलागी

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सेकुवा पोल्ने क्रममा कोटेश्वरको एक सेकुवा कर्नरमा भीषण आगलागी भएको छ । गएराति भएको उक्त आगलागीमा करिब २० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा रहेको सेकुवा कर्नरमा भएको प्रहरीको भनाइ छ । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि