जेठ ०५, २०८१, शनिबार
               

जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

नेपाल फ्ल्यास
माघ १३, २०७७

फाइल फोटो
ADVERTISEMENT

सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । 

मंगलबार भएको आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

आगलागीबारे साँझ ६ बजेमात्र जानकारी आएको भट्टराईले बताए ।

उनका अनुसार अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।

आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । 

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ । 

आगलागीको कारण र क्षतिको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि