बैशाख २२, २०८१, शनिबार
               

बार एसोसिएसनका पूर्वअध्यक्षद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरुले प्रधानमन्त्रीको केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । जारी विज्ञप्तिमा व्यवसायीका सबैभन्दा ज्येष्ठ सदस्यको अपमान र मानमर्दन भएको उल्लेख छ । प्रधानमन्त्रीको अभिव्यक्ति सबै कानुन व्यवसायमाथिकै सत्तापक्षद्वारा निर्लज्ज प्रहार भएको पनि उनीहरुको निष्कर्ष छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मूकदर्शक भएर सहन नसकिने उनीहरुको भनाइ छ । विज्ञप्ति जारी गर्नुपरेको मुख्य कारण पनि यही भएको उनीहरुले बताएका छन् । 

‘२०१३ सालदेखि संस्थागत स्वरुप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनि राजतन्त्रकालमा समेत सत्तापक्षद्वारा यस प्रकारको निर्लज्जप्रहार भएको थिएन,' विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि