जेठ ०५, २०८१, शनिबार
               

बञ्चरो प्रहारबाट श्रीमतीकाे हत्या

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमान‍्ले श्रीमतीमाथि बन्चरो प्रहार गरी हत्या गरेकाे छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई  ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गएराति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।

श्रीमान‍्काे कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि