जेठ ०५, २०८१, शनिबार
               

निर्माणाधीन खानेपानी ओजनाको पाइपमा आगलागी

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको तिलोत्तमामा जम्मा गरेर राखिएको खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ ।

तिलोत्तमा-४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामा आागाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको छ ।

लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि