बैशाख २४, २०८१, सोमबार
               

शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाने

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । १७ नेपालीको शव ल्याउन नेपाल एयरलाइन्सको विमान मलेसिया जाने भएको छ । शव ल्याउन नेपाल वायुसेवा निगमको सो जहाज शुक्रबार राति ११  त्यसतर्फ जान लागेको हो । जहाज शनिबार शव लिएर नेपाल आउनेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले मृत्मु भएकाहरुको शव ल्याउन लागिएको हो । नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज शव लिनका लागि मलेसिया आज राति उड्न लागेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

उनले भनिन, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ।’


कस्तो लाग्यो ?

यो पनि