असोज ०६, २०८१, आइतबार
               

पठाओ राइडरको पनि बीमा गरिने

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राइडर (छोटो यात्रा) सेवा दिँदै आएको पठाओ प्रालिले राइडर तथा चालकलाई बीमा सुविधा दिने भएको छ ।

कम्पनीले राइड सेयरिङ तथा फुड डेलिभरी एपका ग्राहक र राइडर तथा चालकलाई बीमा सुविधा दिने भएको हो । 

बीमा सुबिधा उपलब्ध गराउन पठाओले एभरेष्ट इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार राइडको समयमा कुनै ग्राहक तथा राइडर वा चालकको दुर्घटनामा परी ज्यान गएमा वा अपांग भएमा बढीमा ५ लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

साथै १ लाख रुपैयाँसम्मको दुर्घटना उपचार बीमा पनि पाउने पठाओले जानकारी दिएको छ ।

दुवै सेवा उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमअनुसार तोकिएको कागजातसहित निवेदन दिनुपर्ने हुन्छ ।

पठाओले नेपालमा सन् २०१८ सेप्टेम्बरदेखि सेवा दिँदै आएको छ ।

उसको सेवा काठमाडौं उपत्यकाभित्र दुई र चार पाङ्ग्रे साधनमा उपलब्ध छ ।

पछिल्लो समय पठाओले फुड डेलिभरी सेवा पनि दिन थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि