बैशाख २४, २०८१, सोमबार
               

माघ १० गतेदेखि फागुन ७ गतेसम्म कालो पट्टी बाँधेर किसान जागरण अभियान

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं  । सरकारले सहमति अनुसार बक्यौता रकम  नदिएको भन्दै उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् ।

उखु किसान संघर्ष समितिले कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा गरेको हो। समितिले सरकारसँग पुस १३ गते २१ दिनभित्र उखु किसानको सम्पुर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति भए पनि पुर्ण रुपमा कार्यान्वयन नभएको जनाएको छ। 

समितिले निकालेको विज्ञप्तिमा किसानको सबै रकम तत्काल उपलव्ध गराउन माग गर्दै आन्दोलन घोषणा गरिएको उल्लेख छ। आन्दोलनका कार्यक्रममा माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाउने । फागुन ८ देखि १४ गतेसम्म कालो पट्टी बाँधेर खेतमा काम गर्ने तथा फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ। 

उद्योग मन्त्रालयले तोकिएको २१ दिनसम्म चीनी मिलले ५७ करोड रुपैयाँ भुक्तानी गरिसकेको मौखिक रुपमा जानकारी गराए पनि विस्तृत विवरण दिन नसकेको समितिको आरोप छ। 

विज्ञप्तिमा किसानले पाउनुपर्ने रकमको यकिन विवरण र भुक्तानी गरिएको विस्वसनिय प्रमाण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि