मंसिर ०७, २०८१, शुक्रबार
               

आजको मौसम : बिहानैदेखि चिसो

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु (कुहिरो) लागेर चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, राति पनि सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि