असोज ०६, २०८१, आइतबार
               

काठमाडौंको झाडीमा नवजात शिशु फेला, २० वर्षीया आमा पक्राउ

नेपाल फ्ल्यास
माघ ०७, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ ।

पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।

स्थानीयले बिहानै झाडीमा बच्चा रोएको सुने । गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए ।

नवजात शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले झाडीमा शिशु लगेर फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । उनी महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्दै आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार महिला अविवाहित हुन् । उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि