जेठ ०६, २०८१, आइतबार
               

रुपन्देहीमा जलाएर ३५ वर्षे युवाको हत्या

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा एक युवको जलाएर हत्या गरिएको  छ । सो जिल्लाको मर्चवारमा ३५ वर्षे युवाको जलाएर हत्या गरिएको हो ।

यद्यपि जलाएर हत्या गरिएका को हुन भनी खुल्न सकेको छैन ।रुपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा उनको शव भेटिएको हो । 

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । दोषीको खोजीका लागि नेपालगञ्जबाट कुकुर झिकाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि