असोज ०६, २०८१, आइतबार
               

रुपन्देहीमा जलाएर युवाको हत्या

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवाको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ ।

मायादेवी गाउँपालिका–७ दानव नदी नजिकको खेतमा अन्दाजी ३० वर्षीय युवाको जलाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । 

रहस्मय घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार राति नेपालगञ्जबाट कुकुर ल्याएर अनुसन्धान गरेको प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

तीन किलोमिटरसम्म कुकुरले ‘फलो’ गरे पनि त्यसपछि स्थान  पहिचान गर्न नसकेको उनले बताए ।

युवालाई घाँटी थिचेर हत्या गरी नदी किनारमा ल्याएर पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । 

भारतीय सीमाबाट ५ किलोमिटरको दूरीमा युवाको शव भेटिएकाले हत्या भएका युवा भारतीय हुन सक्ने प्रहरी प्रमुख पोखरेलले बताए । 

शरीर नांगो छ भने अनुहार आगोले जलेको छ । घटनास्थलमा पाइप, पेट्रोलको बोत्तल भेटिएको छ । 

घटनाको बारेमा प्रहरीले मंगलबार दिउँसो २ बजेतिर खबर पाएको थियो । 

शवको पहिचान नभएकाले घटना रहस्मय बनेको छ। शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि