बैशाख २६, २०८१, बुधबार
               

सुर्खेतमा सार्वजनिक यातायात बन्द

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज (बुधबार) सवारीसाधनहरू बन्द गरेका छन् । 

वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।

दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो ।

नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानामा हठाहतपूर्ण तरिकाले दुई वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउटडोर काउण्टर सञ्चालन गर्न संरचना निर्माण गर्न दिएपछि अन्य साना यायायात प्रालिले संयुक्तरुपमा विरोध जनाएका हुन् ।

नगरपालिकाले आफैंले बनाएको कार्यविधिविपरीत मध्यपश्चिम यातायात प्रालि र काँक्रेबिहार यातायात प्रालिलाई आउटडोर काउण्टरको संरचना बनाउन दिएको यातायात व्यवसायीहरूको भनाइ छ ।

सिटी बसपार्कभित्र सुर्खेतमा सञ्चालित १२ वटा यातायात प्रालिहरुले गोलाप्रथाको आधारमा काउण्टर सञ्चालन गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि