असोज ०६, २०८१, आइतबार
               

सशस्त्र प्रहरी जवान मृत फेला

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

दाङ । दाङमा एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा कार्यरत सशस्त्र प्रहरी जवान रमेश लामा तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नुवाकोट निवासी अन्दाजी २९ वर्षिय तामाङ झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आउने क्रममा रहेको बुझिएको छ ।

उनी कार्यक्षेत्रमा पुग्नु अगाडी लमही स्थित एभरेस्ट प्लाजा होटलमा बास बसेको र विहान ८:३० बजे होटल संचालकलाई एकछिन बाहिर जान्छु भनी होटलबाट बाहिर निस्किए पछि नफर्केको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

यो पनि