असोज ०६, २०८१, आइतबार
               

रहेनन् गायक रत्न बानियाँ

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । 

बुधबार बिहान ३ बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारीवारिक श्रोतले जानकारी दिएको छ । 

दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।

उनी गायकको अलवा संगीकाकार तथा गीतकारको रुपमा समेत चर्चित थिए । 

उनको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत थुप्रै गीतले चर्चा पाएका छन् ।

बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । बानियाँका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् । 


कस्तो लाग्यो ?

यो पनि