जेठ ०५, २०८१, शनिबार
               

कपास उद्योगमा आगलागी, १२ लाखको क्षति

नेपाल फ्ल्यास
माघ ०७, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

झापा । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । 

मंगलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुंगाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो । 

आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ ।

स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि