बैशाख २०, २०८१, बिहीबार
               

ज्वेलरी पसल सञ्चालकको कोठामा लाखौंको लुटपाट

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

धनुषाको विदेह नगरपालिकामा मंगलबार राति डकैती (लुटपाट) भएको छ।

विदेह नगरपालिका ३ चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको कोठामा डकैती भएको प्रहरीले जनाएको छ ।

लुटेरा समूहले साहको कोठाबाट दुई लाख रुपैयाँ नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख रुपैयाँ भन्दा बढीको लुटपाट गरेको दुहबी प्रहरीले जनाएको छ । 

जनकपुर घर भएका साहले विदेह नगरपालिकाको तीनकौरिया बजारमा ज्वेलर्स सञ्चालन गर्दै आएका छन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि