जेठ ०६, २०८१, आइतबार
               

मुग्लिन पुलबाट आत्महत्या गर्न खोज्ने किशोरीको उद्धार

नेपाल फ्ल्यास
माघ ०७, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

मुग्लिन । चितवन-तनहुँ जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार गरिएको छ । 

इच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारकी १७ वर्षीया किशोरीले मंगलबार दिउँसो आत्महत्याको प्रयास गरेकी थिइन् । 

पूरानो (प्रयोग विहीन) मुग्लिन पुलबाट किशोरी हाम फाल्न लागेको एक युवकले देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

उद्धारपश्चात ती किशोरीलई स्थानीयले प्रहरी प्रशासनलाई बुझाएका थिए । 

घरायसी विवादका कारण ती किशोरीले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । किशोरी कक्षा ११ मा अध्ययनरत छिन् ।

किशोरीलाई सम्झाई बुझाई गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि