असोज ०६, २०८१, आइतबार
               

सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वाेच्च अदालतले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । 

स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया र कार्यविधि संविधान र प्रचलित कानुनविपरीत रहेको भन्दै धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नगरपालिका संघका केन्द्रीय महासचिव भीम ढुंगानाले दायर गरेको रिटमा न्यायाधिश डा. मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

शिक्षा मानव स्रोत विकास केन्द्रको कार्यविधि अनुसार अंग्रेजी, गणित र विज्ञानमा स्नातक र स्नातकोत्तर उत्तीर्ण जनशक्तिलाई एक वर्ष शिक्षक दरबन्दी नभएका सामुदायिक र प्राविधिक धारका विद्यालयमा १५ सय स्वयंसेवक शिक्षक खटाउने तयारीसमेत गरेको थियो ।

नेपाल शिक्षक संघले भने कार्यविधि संविधान र कानुनविपरीत रहेको भन्दै विरोध जनाउँदै आएको थियो । 

यो पनि