बैशाख २३, २०८१, आइतबार
               

कोभिड आईसीयूमा कार्यरत चिकित्सकमाथि कुटपिट

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिवि शिक्षण अस्पताल काठमाडौंको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले हातपात गरेको शिक्षण अस्पतालले जनाएकाे छ । 

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउदा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएकाे थियो । त्यसपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएकाे अस्पतलले जनाएकाे छ । 

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि