असोज ०६, २०८१, आइतबार
               

मेचीपारि पहिलोपटक प्रहरीको अस्यायी बिट

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपैयाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।

वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य सुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो ।

सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । मेची नदीपारि पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि